झण्डै दुई अंकले बढ्यो नेप्से

Aug 12th, 2020

काठमाडौ, साउन २८

नेप्से आज बुुधबार सामान्य अंकले बढेको छ । नेप्से एक दसमलव ५१ अंकले बढेर १४ सय २५ दसमलव ३२ अंकमा चढेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य दुुई अंकले बढेर दुुई सय ९७ दसमलव २९ अंकमा चढेको छ । एक सय ८८ कम्पनीहरुको २० हजार सात सय १९ वटा कारोवारमा ३० लाख ३२ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९५ करोड १९ लाख ६० हजार दुई सय आठ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ८१ अंकले बढेर १२ सय १८ दसमलव शुन्य दुुई अंकमा पुगेको छ भने निर्जिवन बीमा, होटल, जीवन बीमा, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक, जलबिद्युुत, टे«डिङ, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा स्वदेशी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा युनियन नेपाल हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने युनाईटेड इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।