• गृहपृष्ठ
  • सामसङ नेपालद्धारा ग्यालेक्सी नोट २० अल्ट्र्रा स्र्माट फोनको प्रि बुुकिङ खुल्ला

सामसङ नेपालद्धारा ग्यालेक्सी नोट २० अल्ट्र्रा स्र्माट फोनको प्रि बुुकिङ खुल्ला

Aug 11th, 2020

काठमाडौ, साउन २७

नेपालको विश्वासिलो ब्राण्ड सामसङले, हालै ग्यालेक्सी नोट २० अल्ट्र्रा स्र्माट स्मार्ट फोनहरुको प्रि–बुकिङ्ग खुल्ला गरेको छ । काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङ्गसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ । ग्यालेक्सी नोट २० सेरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर र प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता प्राप्त हुन्छ ।

नेपालमा, हाम्रा नोट फोनका निष्ठावान् ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नेछन । किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन, यसको शक्ति एवं सहजता सबैभन्दा उत्कृष्ट रहेको छ । ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा ले अझै बढी सहजता एवं स्वतन्त्रता प्रदान गर्दछ । यसमा निरन्तर वर्क एण्ड प्ले गर्न सकिन्छ । हामीले यसै वर्ष ग्यालेक्सी नोट २० अल्ट्रा पनि बजारमा प्रस्तुत गर्न गइरहेका छौं” सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणय रत्न स्थापितले बताए ।

पृर्थक कार्य गर्ने शैली

सामसङको लेटेस्ट नोट सिरिजमा कार्य गर्ने शैली पृथक रहेको छ– यसको एस पेन को सहयोग एवं सासुुङ नोटमा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्दछ । एडभान्स एस पेनले नियमित नोट प्रयोगकर्ताहरु एवं मल्टि–टास्करर्सहरुलाई ग्यालेक्सी नोट २० सिरिजको इन्ह्यान्स्ड एस पेनले अनलिमिटेड राइटिङ्ग अनुभव प्रदान गर्दछ । यसले सही एवं अझै बढी शुद्धता ल्याउन मद्दत गर्दछ । एस पेनमा भएको पाँच नयाँ एनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।

सामसङ नोटका एपहरुको सहज एवं उपयोगी अनुभवः

फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडीयाहरुलाई शेयर गर्न सहयोग गर्दछ, सामसङ नोट एपहरुमा अटो सेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् । यसमा तपाईंले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ । साथै एम्ँ मा भएका विषय वस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ साथै तपाइँले सामसङ नोट एपमा भएका टेक्स्टहरुलाई एएत्क मा सहजै रुपान्तरण गर्न सकिन्छ । साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ । यसका सबै विषय वस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा सुरक्षण गर्न पनि सकिन्छ र सहजै आवश्यकता भएको बेला पाउन सकिन्छ ।

कम्प्युटबाट पनि एक्सेस गर्न सकिनेः

माइक्रोसफ्टको योर फोन विन्डोज इन्टिग्रेशनको साथ अव तपाईले आफ्नो फोनलाई विना रुकावट विन्डो १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सक्नेछन । अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न र फोन गर्न र आगमन फोनलाई उठाउन सकिन्छ । आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मन पर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजि राख्नु पर्दैन ।

सामसङ डेक्सको साथ मल्टिटास्किङ्ग सुविधाः

सामसङ डेक्सको साथ पहिलो पटक ग्यालेक्सी नोट २० सिरिजका फोनहरुलाई स्मार्ट टिभिमा सहजै कनेक्ट गर्न सकिन्छ । यसरी कनेक्ट गरेर ठूलो स्क्रिनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ । साथै दुईवटा स्क्रिनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकै पटक स्मार्ट टिभिमा भिडियो हेर्न र सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ ।