मंगलबार नेप्से घटेर रातै

Aug 11th, 2020

काठमाडौ, साउन २७

नेप्से रातै देखिएको छ । आज मंगलबार नेप्से छ दसमलव ६१ अंकले घटेर १४ सय २३ दसमलव ८१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दसमलव ३८ अंकले घटेर दुुई सय ९७ दसमलव २७ अंकमा पुुगेको छ । आज एक सय ९० कम्पनीहरुको २५ हजार सात सय ७१ वटा कारोवारमा ३६ लाख ३० हजार आठ सय ४५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २७ करोड १७ लाख ३८ हजार नौ सय १४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ५४ अंकले घटेर १२ सय १४ दसमलव २१ अंकमा पुग्दा जलबिद्युुत, बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।