झण्डै ३८ अंकले बढ्यो नेप्से

Aug 10th, 2020

काठमाडौ, साउन २६

आज सोमबार नेप्से झण्डै ३८ अंकले बढेको छ । नेप्से आज ३७ दसमलव ७४ अंकले बढेर १४ सय ३० दसमलव ४१ अंकमा पुुग्दा सेन्सिटिभ सात दसमलव ६३ अंकले बढेर दुुई सय ९८ दसमलव ६४ अंकमा चढेको छ । आज एक सय ८९ कम्पनीहरुको ३४ हजार छ सय २३ वटा कारोवारमा ४२ लाख ५२ हजार आठ सय आठ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ५५ करोड ५५ लाख १८ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ३२ दसमलव ९३ अंकले बढेर १२ सय २० दसमलव ७६ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक पनि २३ दसमलव २३ अंकले बढेर नौ सय ७० दसमलव ११ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा स्वदेशी लघुुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।