११ अंकले बढ्यो नेप्से

Aug 9th, 2020

काठमाडौ, साउन २५

आज आईतबार नेप्से ११ दसमलव तीन अंकले बढेर १३ सय ९२ दसमलव ६८ अंकमा चढेको छ । सेन्सिटिभ पनि एक दसमलव ४६ अंकले बढेर दुुई सय ९१ दसमलव दुुई अंकमा चढेको छ । आज एक सय ८७ कम्पनीहरुको २९ हजार ४३ वटा कारोवारमा ३० लाख ३० हजार तीन सय ३१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ९१ करोड १६ लाख ४० हजार सात सय ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुदा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ९२ अंकले बढेर ११ सय ८७ दसमलव ८३ अंकमा चढेको छ भने बिकास बैंक समुहको सुचक सात दसमलव ६७ अंकले बढेर १७ सय ४६ दसमलव २७ अंकमा चढेको छ । यि बाहेक आज जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमाआज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गणपती माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने अजोड इन्स्योरेन्स कम्पनी नै पहिलो स्थानमा परेको छ ।