• गृहपृष्ठ
  • रोनाल्डोले २ गोल गरे पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

रोनाल्डोले २ गोल गरे पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

Aug 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २४ साउन

रोनाल्डोले २ गोल गरे पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । युभेन्ट्सलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्ट्सलाई अवे गोलमा जित निकाल्दै लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

क्रिस्टियानो रोनाल्डोले घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गरे पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ।दोस्रो लेगको खेल टाइ  २–२ गोलको बराबरीमा सकिएपछि
 ‘अवे गोल’  का आधारमा लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

यसअघि अन्तिम १६ को पहिलो लेगमा रियल १-० ले पराजित भएको थिए ।

खेलमा पहिलो अग्रता लियोनले लिएको थियो ।खेलको १२ औँ मिनेटमा लियोनका मेमफिस डेपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस स्थितिमा क्वाटरफाइनल पुग्न युभेन्ट्सलाई तीन गोलको आवश्यकता थियो । यसका लागि रोनाल्डोले सक्दो प्रयास गरेका थिए तर त्यो पुरा हुन सकेन । रोनाल्डोले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि दोस्रो हाफको ६० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र खेल लियोनको पक्षमा गएको हो ।

अब लियोनले म्यानचेस्टर सिटीसँग अन्तिम ८ मा खेल्नेछ।