• गृहपृष्ठ
  • आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर ,नगद पुरस्कार रु. १५,००० जित्ने मौका

आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर ,नगद पुरस्कार रु. १५,००० जित्ने मौका

Aug 7th, 2020

काठमाडौ, साउन २३

नेपालमा रेमिटेन्स् भित्राउन अब्बल स्थानमा रहेको आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । श्रावण २३ गतेबाट सुरु भएको यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई भाद्र ६ गतेसम्ममा अपलोड गरिसक्नु पर्नेछ ।

टिकटक च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले रु. २०० को टपअप पाउनु हुनेछ भने १ जना भाग्यशाली विजेताले नगद पुरस्कार रु. १५,००० जित्ने मौका पाउनु हुनेछ । अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको छ ।