• गृहपृष्ठ
  • गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा “नक्कली ” (भिडियो सहित)

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा “नक्कली ” (भिडियो सहित)

Aug 7th, 2020

काठमाडौ, साउन २३

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको “नक्कली “ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरी र नविन गिरीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे, समिर खान, भरत कढायत, दिनेश कढायत, जनिश गिरी, रुपक रोकाया, काशिष, सविता आले, सन्देश, सरिता मगर, दिपेन्द्र बुढाकेशरी, सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ ।