झण्डै दुई अंकले घट्यो नेप्से

Aug 6th, 2020

काठमाडौं, साउन २२

आज बिहिबार नेप्से एक दसमलव २९ अंकले घटेर १३ सय ८१ दसमलव ३७ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६३ अंकले घटेर दुुई सय ८९ दसमलव ५५ अंकमा झरेको छ । आज एक सय ८६ कम्पनीहरुको २० हजार पाँच सय ४८ वटा कारोवारमा २३ लाख ३७ हजार दुुई सय ३० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ९१ करोड ८१ लाख ८९ हजार चार सय ३० रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ९३ अंकले घटेर ११ सय ७९ दसमलव ९१ अंकमा पुुगेको छ । जलबिद्युुत, होटल, लघुुबित्त, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज १० दसमलव चार अंकले बढेर १७ सय ३८ दसमलव ६० अंकमा पुगेको छ भने निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र होटल समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा महिला सहयात्रा बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।