एकै दिन २१ अंकले घट्यो नेप्से

Aug 5th, 2020

काठमाडौ, साउन २१

नेप्से आज बुधबार २१ दसमलव ६१ अंकले घटेर १३ सय ८२ दसमलव २५ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ६१ अंकले घटेर ९६ दसमलव ७३ अंकमा झरेको छ । आज एक सय ८६ कम्पनीहरुको २० हजार चार सय ६९ वटा कारोवारमा ३४ लाख ४७ हजार सात सय ६५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार एक अर्ब २३ करोड ३९ लाख ६३ हजार नौ सय ३४ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेकाछन । ति मध्ये फाईनान्स समुहको सुचक सात दसमलव १७ अंकले घटेर छ सय ४९ दसमलव ५९ अंकमा झर्दा बाँणिज्य बैंक, होटल, टे«डिङ, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, अन्य आदिको समुहको कारोवार सुचक पनि घटेकाछन । नेप्से ११ बजे खुल्ने भएपनि आज भने नेप्सेको नियमित कारोवार कक्ष ११ः४५ बजे खुलेर ३ः४५ बजे बन्द भएको थियो ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अरुण खोला जलबिद्युुत आयोजना परेको छ । रकम कारोवारको आधारमा आधारमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।