• गृहपृष्ठ
  • सेयरबजारमा स्टक डिलर प्रवेश गर्दै, ५ अर्ब पुँजीको डिलरले कति बढाउला त बजार ?

सेयरबजारमा स्टक डिलर प्रवेश गर्दै, ५ अर्ब पुँजीको डिलरले कति बढाउला त बजार ?

Aug 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन २०

सेयर बजार अस्वाभाविक रुपमा बढ्दा सेयरको आपुर्ति बढाउने र बजार घट्दा सेयर खरिद गर्ने नागरिक स्टक डिलर भदौ ८ गते देखि बजार प्रवेश गर्ने भएको छ । कम्पनीले कम्पनी दर्ता तथा कार्याविधी निर्माणको काम सकिसकेको छ।

अहिले सेयर बजार हल्लाका कारण पनि ह्वात्तै बढ्ने र घट्ने गर्छ । साथै १० कित्ता मात्रै सेयर खरिद गर्नेहरुका कारण पनि बजार धेरै बढेको र धेरै घटेको देखिन्छ ।

हल्लाकै भरमा बढेको बजारमा प्रवेश गर्ने र नोक्सानी बेहोर्ने लगानीकर्ताहरु पनि धेरै नै छन् । त्यसैले सरकारले यस्तो ह्वात्तै बढ्ने र घट्ने नहोस् भनेर आर्थिक वर्ष २०७२/०७३ मा नै सेयरबजारमा मार्केट डिलर भित्राउने भनेर घोषणा गरेको थियो । साथै बजारमा हुने सामान्य उतारचढाव कम गर्नका लागि सरकारले धितोपत्र दलाल, ब्यापारी तथा बजार निर्माता नियमावली २०६४ मा बजार निर्माताको अवधारणा अघि सारेको थियो ।

सुरुमा त नेप्सेको सिस्टममा मार्केट डिलरका लागि विन्डो नभएकाले यो कार्यान्वयनमा आउन सकेको थिएन । तर अहिले नेप्सले पुर्ण स्वचालित कारोबार सुरु गरपछि डिलरले पनि कारोबार गर्न सक्छ । नागरिक स्टक डिलर कम्पनी गत बैशाखमा दर्ता गरिएको थियो । र यसलाई बैशाखदेखि सञ्चालनमा ल्याउने तयारी थियो । तर लकडाउनका कारण कम्पनीले काम अघि बढाउन सकेन ।

यो कम्पनीको पुँजी ५ अर्ब रहेको छ । जसमा ५१ प्रतिशत नागरिक लगानी कोषले लगानी गरेको छ । यसबाहेक १० प्रतिशत नेपाल पुनर्बिमा कम्पनी, ९ प्रतिशत नेपाल टेलिकमले लगानी गरेका छन् भने बाँकि ३० प्रतिशत कम्पनीले कारोबार सुरु गरेको २ वर्ष पछि आइपिओ जारी गरेर जुटाउने कम्पनीको योजना छ । साथै यसले वार्षिक ५० अर्बको कारोबार गर्नेछ । स्टक डिलर आएसँगै बजार माथि जाने लगानीकर्ताको आश छ । तर कम्पनी भने बजार बढ्नका लागि यसले नैतिक समर्थन गरेपनि लगानी भने खासै बजार प्रभाव पार्नेगरि नहुने बताउँछ।

अहिले कम्पनीलाई धितोपत्र बोर्डले लाइसेन्सका लागि आशयपत्र दिइसकेको छ । कम्पनीले सफ्वेयर र कार्यालय स्थापनाको काम त यहि हप्तानै सम्पन्न गर्ने तयारी गरेको छ ।

एकै दिन ५ स्थानमा रकम तिर्नुपर्ने भयो भने त बैंकले २५ सय रुपैयाँ कमाउन सक्छ ।
नेपाल बंगलादेश बैंंकले १ सय रुपैयाँमा उपलब्ध गराउने सेवा सुविधा के कारणले स्टाण्डर्ड चार्टडमा ४ सय प्रतिशत महंगो त ?

नेपाल सरकारको समेत लगानी रहेको नेपाल बैंकले यहि सुविधा अहिले २ सय ५० रुपैयाँमा उपलब्ध गराउँछ । मेगाले २ सय र एनआइसी एसियाले २ सय ५० रुपैयाँ लिने गर्छ । यसरी हेर्दा स्टायण्डर्ड चार्टड बैंकले सबैभन्दा चर्काे सेवा शुल्क असुलेको छर्लङ्गै हुन्छ ।

यो बैंक नेपालमा खुलेको अहिले ३३ वर्ष भयो । यसमा अहिले ७० दशमलव २१ स्टायण्डर्ड चार्टड ग्रुपको लगानी छ भने २९ दशमलव ७९ प्रतिशत नेपालीहरुको लगानी छ । बैंक नेपालमा सञ्चालन भएपनि प्रमुख कार्यकारी अधिकृत विदेशबाटै ल्याइने गरिएको छ । जसका कारण पनि बैंकले यहाँको ग्राहकको स्तर अनुसार सेवा शुल्क तय गर्न सकेको छैन ।