सात अंकले बढ्यो नेप्से

Aug 3rd, 2020

काठमाडौ, साउन १९

अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार भने सात दसमलव ५९ अंकले बढेर १४ सय तीन दसमलव ८६ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आज एक दसमलव ४७ अंकले बढेर दुुई सय ९४ दसमलव २४ अंकमा पुुगेको छ । आज एक सय ९० कम्पनीहरुको १६ हजार छ सय ६६ वटा कारोवारमा ५३ लाख ४२ हजार आठ सय ५१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब २९ करोड दुुई लाख ५२ हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव पाँच अंकले बढेर १२ सय चार दसमलव नौ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ४६ दसमलव ७१ अंकले बढेर छ हजार तीन सय ९१ दसमलव ६४ अंकमा पुुगेको छ । बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन । यि बाहेक जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा दिब्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । बढी कारोवार गर्ने कम्पनीको सुचीमा भने आज प्रभुु बैंकको संंथापक सेयर परेको छ ।