नेप्से ४२ अंकले घट्यो

Aug 2nd, 2020

काठमाडौ, साउन १८

आज आईतबार नेप्से ४२ दसमलव ७८ अंकले घटेर १३ सय ९६ दसमलव २८ अंकमा झरेको छ । सोही आधारमा सेन्सिटिभ पनि आठ दसमलव १८ अंकले घटेर दुुई सय ९२ दसमलव ७७ अंकमा झरेको छ । आज एक सय ८९ कम्पनीहरुको २७ हजार आठ सय ६० वटा कारोवारमा ४६ लाख ६१ हजार छ सय आठ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८४ करोड १२ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव ४८ अंकले घटेर ११ सय ९७ दसमलव चार अंकमा झर्दा जलबिद्युुत समुहको सुचक १४ दसमलव ४१ अंकले घटेर नौ सय ५४ दसमलव ५० अंकमा झरेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।