आर्सनललाई एफए कप फुटबलको उपाधि

Aug 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १८ साउन

आर्सनलले एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति लिग अन्तरगत भएको खेलमा चेल्सीलाई २-१ ले पराजित गर्दै आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको हो।

आर्सनलको जितमा पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीको क्रिस्टियन पुलिसिचले एक गोल गरे ।

खेलमा पहिलो अग्रता चेल्सीलेनै लिएको थियो ।खेलको ५ औँ मिनेटमा चेल्सीका क्रिस्टियन पुलिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको २३ मिनेट पछि आर्सनलका पेरिक एम्रिक आबुमियाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको ६७ औं मिनेटमापेरिक एम्रिक आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै २-१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र आर्सनलले १४ औं पटक एफए कपको उपाधि जितेको छ ।

खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछीचेल्सी १० खेलाडीमा समेटिएको थियो।