• गृहपृष्ठ
  • बुधवार घटेर रातै भएको नेप्से आज सात अंकले बढ्यो

बुधवार घटेर रातै भएको नेप्से आज सात अंकले बढ्यो

Jul 30th, 2020

काठमाडौ, साउन १५

आज बिहिबार नेप्से सात दसमलव ५३ अंकले बढेर १४ सय ३९ दसमलव सात अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि आज शुन्य दसमलव ४६ अंकले बढेर तीन सय दसमलव पाँच अंकमा चढेको छ । आज एक सय ८९ कम्पनीहरुको २१ हजार आठ सय १८ वटा कारोवारमा ३४ लाख ३० हजार पाँच सय ३२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ३२ करोड दुुई लाख ६६ हजार छ सय ७८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव तीन अंकले बढेर १२ सय ३८ दसमलव ५३ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि क्रमश बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा घोडाघोडी लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।