• गृहपृष्ठ
  • नविन विरही श्रेष्ठको शब्द सिर्जनामा छमछमी नाचौला सार्वजनिक (भिडियो सहित)

नविन विरही श्रेष्ठको शब्द सिर्जनामा छमछमी नाचौला सार्वजनिक (भिडियो सहित)

Jul 30th, 2020

काठमाडौ, साउन १५

नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गदै गायिका अनिता सुनुवार र गायक शितल राज गिरीको सुमधुर स्वरमा एक निकै कर्णप्रिय छमछमी नाचौला तीज डिजिटल बजारमा सार्वजनिक भएको छ ।

नारीहरुको पर्व हरितालिका तिजको मौलिक पनलाई निकै सरल रुपमा समेटिएको छ । लोप हुदैँ गएको सस्कार र सस्कृतिलाई बचाउनको लागी मौलिक शब्द प्रयोग गरिएको गीतका सर्जक नविन श्रेष्ठले बताए । नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा शितलराज गिरीको लय सिर्जना गीतमा छ ।

महेश महराको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भतथा दिलिप राईको कोरियोग्राफी गीतमा रहेको छ । छमछमी नाचौला गीतको भिडियोमा धुव्र हिमाली , सरु श्रेष्ठ र अनिता सुनारको अभिनय तथा नृत्य रहेको छ ।