• गृहपृष्ठ
  • नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा

नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा

Jul 30th, 2020

काठमाडौ, साउन १५

नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको चलचित्रमा नेपाली समाज भित्रको नालिबेलीलाई चलचित्रमा समेटिएको छ ।

लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ चलचित्रको निमार्णमा जुटेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध, शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी विश्वास भण्डारीको सम्पादन चलचित्रमा रहने भएको छ ।
चलचित्रमा किशोर खतिवडा, नव नायिका रमिला श्रेष्ठ, दिप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा , गंगा कुँवर, महेन्द्र कुमार राई, पदम सुनार , प्रवेश लिम्बु, बसन्त बर्माको अभिनय रहेको छ । चलचित्रमा ३ बटा गीतहरु समावेश गरिने भएको छ । गीतमा संगीत राजु लामा र छायाँ प्रसाईको रहेको छ साथै राजु लामा र कृष्ण प्रसाईको स्वर चलचित्रमा रहेको छ ।