नेप्से घटेर रातै

Jul 29th, 2020

काठमाडौ, साउन १४

नेप्से घटेर रातै भएको छ । आज बुुधबार २३ दसमलव ३६ अंकले घटेर १४ सय ३१ दसमलव ५२ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव १८ अंकले घटेर तीन सय दसमलव ४९ अंकमा झरेको छ । आज एक सय ८७ कम्पनीहरुको २४ हजार दुुई सय २४ वटा कारोवारमा ३८ लाख ३९ हजार छ सय ७१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ७६ अंकले घटेर १२ सय ३३ दसमलव ४९ अंकमा झर्दा बिकास बैंक समुहको सुचक २१ दसमलव ५५ अंकले घटेर १८ सय छ दसमलव १० अंकमा झरेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा युनियन हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा जनउत्थान सामुुदायिक लघुुबित्त संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।