झण्डै आठ अंकले घट्यो नेप्से

Jul 28th, 2020

काठमाडौ, साउन १३

आज मंगलबार नेप्से झण्डै आठ अंकले घटेको छ । आज नेप्से सात दसमलव ५९ अंकले घटेर १४ सय ५४ दसमलव ६७ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव ६४ अंकले घटेर तीन सय पाँच दसमलव ६७ अंकमा झरेको छ । आज एक सय ८५ कम्पनीहरुको २१ हजार आठ सय पाँच वटा कारोवारमा ३२ लाख ४७ हजार ६८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २५ करोड ९७ लाख ५१ हजार पाँच सय ५७ रुपैयाँ पुुगेको छ ।

नेपसेमा आज १२ वटा समुहको कारोवार हुुंदा फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक बढेर बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ७२ अंकले घटेर १२ सय ५५ दसमलव २६ अंकमा झर्दा बिकास बैंक समुहको सुचक पनि १२ दसमलव तीन अंकले घटेर १८ सय २७ दसमलव ६५ अंकमा झरेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया व्यालेन्स फण्ड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।