अजोड इन्स्योरेन्सको सेयर सुचीकृत

Jul 27th, 2020

काठमाडौ, साउन १२

अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सो सम्बन्धि सोमबार(साउन १२ गते) कम्पनी र नेप्सेबीच सम्झौता भएको हो ।

सम्झौतामा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको एक लाख कित्ता सेयर सूचीकरण भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता सेयर समेत गरि जम्मा एक लाख कित्ता सेयर वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।