• गृहपृष्ठ
  • आइतबार २२ अंकले बढेको नेप्से आज दुई अंकले घट्यो

आइतबार २२ अंकले बढेको नेप्से आज दुई अंकले घट्यो

Jul 27th, 2020

काठमाडौ, साउन १२

आज सोमबार भने नेप्से घटेको छ । नेप्से आज दुुई दसमलव ६२ अंकले घटेर १४ सय ६२ दसमलव ६८ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव २२ अंकले घटेर तीन सय सात दसमलव ३१ अंकमा झरेको छ । आज एक सय ८७ कम्पनीहरुको २८ हजार चार सय ९५ वटा कारोवारमा ४२ लाख ५७ हजार एक सय ६१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव २५ अंकले घटेर १२ सय ६१ दसमलव ९८ अंकमा पुुगेको छ भने जलबिद्युुत, बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक, लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज बढेकाछन ।

नेप्सेमा आज आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।