• गृहपृष्ठ
  • युभेन्ट्सले लगातार नवौं पटक जित्यो सिरि ए फुटबलको उपाधि

युभेन्ट्सले लगातार नवौं पटक जित्यो सिरि ए फुटबलको उपाधि

Jul 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १२ साउन

युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरि ‘ए’ फुटबलको उपाधि जितेको छ ।आईतबार राति लिग अन्तरगत घरेलु मैदानमा भएको खेलमा साम्पोडियालाई २–० ले पराजित गर्दै युभेन्ट्सले नवौं पटक इटालियन सिरि ‘ए’ फुटबलको उपाधि जितेको हो।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। दोस्रो हाफको ६७ औं मिनेटमा बर्नार्डेस्कीले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरि ‘ए’ फुटबलको उपाधि जितेको हो।

जितसंगै युभेन्ट्सले दोस्रो स्थानको इंटर मिलानसँग ७ अंकको अग्रता बनाउदै यस सिजनको सिरि ए फुटबलको उपाधि जितेको छ । युभेन्ट्सको ३६ खेलबाट ८३ अंक छ । समान खेल खेलेको इंटर मिलानको ७६ अंक छ र लिगको दोस्रो स्थान । तेश्रो स्थानमा रहेको एट्लान्टाको समान खेलबाट ७५ अंक छ। पराजित साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।