नेप्सेमा २२ अंकले उच्च बृद्धि

Jul 26th, 2020

काठमाडौ, साउन ११

आज आईतबार नेप्से २२ दसमलव चार अंकले बढेर १४ सय ६५ दसमलव १० अंकमा पुुग्दा सेन्सिटिभ पनि तीन दसमलव ५९ अंकले बढेर तीन सय सात दसमलव ५३ अंकमा चढेको छ । आज एक सय ९० कम्पनीहरुको ३२ हजार आठ सय ३६ वटा कारोवारमा ४५ लाख छ सय तीन कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ९४ करोड २६ लाख ७९ हजार तीन सय ८० रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा होटल, जलबिद्युुत र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव पाँच अंकले बढेर १२ सय ६३ दसमलव २३ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक चार दसमलव ७३ अंंकले बढेर १८ सय ३५ दसमलव ७६ अंकमा चढेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मिर्मिरे माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ बढी गुमाउने कम्पनीको सुचीमा पहिलो बेष्ट फाईनान्स परेको छ । रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।