• गृहपृष्ठ
  • इन्टर मिलान दोस्रो स्थानमा उक्लिए, शीर्ष स्थानको युभेन्ट्ससँगको अंक दूरी चारमा झार्‍यो

इन्टर मिलान दोस्रो स्थानमा उक्लिए, शीर्ष स्थानको युभेन्ट्ससँगको अंक दूरी चारमा झार्‍यो

Jul 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ११ साउन

इटालियन सिरि ‘ए’ मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा इन्टर मिलानले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा इन्टर मिलानकोलागि रोमेलु लुकाकुले दुई गोल र एलेक्सिस साञ्चेजले एक गोल गरेका हुन्।

खेलको ३४ औँ मिनेटमा लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ८३ औं मिनेटमा साञ्चेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

त्यसपछि इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

जितसंगै इन्टर मिलानले ३६ खेलबाट ७६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो । शीर्ष स्थानको युभेन्ट्सको ३५ खेलबाट ८० अंक छ। युभेन्ट्सका लागि उपाधि जित्न एक जितको खाँचो छ। युभेन्ट्सलाई उपाधि जित्न ३ अंकको आवश्यकता रहेको छ ।यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६औं सिरी ‘ए’ उपाधि हात पार्नेछ ।