• गृहपृष्ठ
  • शीर्ष स्थानको युभेन्ट्स उडिनेजे सँग पराजित , तीन खेल अगावै उपाधि जित्ने मौका गुम्यो

शीर्ष स्थानको युभेन्ट्स उडिनेजे सँग पराजित , तीन खेल अगावै उपाधि जित्ने मौका गुम्यो

Jul 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ९ साउन

इटालियन सिरि ‘ए’ मा शीर्ष स्थानको युभेन्ट्स अग्रता जोगाउन नसक्दा उडिनेजेसँग बराबरीमा रोकिएको छ। बिहीबार राति उडिनेजेको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले उडिनेजेसंग २ – १ गोलको गोल अन्तरले पराजित भएको हो ।

उडीनेसको जितमा इजा नेस्टोरोभस्की र सेको फोफानाले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि माथिस डिलाइटले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता युभेन्ट्सलेनै लिएको थियो । खेलको ४२ औँ मिनेटमा युभेन्ट्सका माथिस डिलाइटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट पछि उडिनेजेका इजा नेस्टोरोभस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा उडिनेजेका सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जित दिलाए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । यस खेलमा जित हासिल गरेको भए युभेन्टस लगातार नवौं पटक लिग च्याम्पियन बन्ने थियो । युभेन्ट्सलाई उपाधि जित्न ३ अंकको आवश्यकता रहेको छ ।यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६औं सिरी ‘ए’ उपाधि हात पार्नेछ ।

पराजितसंगै युभेन्ट्सले दोश्रो स्थानको एट्लान्टासंग ६ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३५ खेलबाट ८० अंक छ । समान खेल खेलेको एट्लान्टाको ७४ अंक सहित लिगको दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको इंटर मिलानको समान खेलबाट ७३ अंक छ।