नेप्से १० अंकले बढ्यो

Jul 23rd, 2020

काठमाडौ, साउन ८

आज बिहिबार नेप्से १० दसमलव १३ अंकले बढेर १४ सय ४२ दसमलव ६१ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज शुन्य दसमलव ७४ अंकले बढेर तीन सय तीन दसमलव ९० अंकमा चढेको छ । आज एक सय ८७ कम्पनीहरुको २८ हजार छ सय ४९ वटा कारोवारमा ३३ लाख ९२ हजार नौ सय ६९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार दुुई सय १८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा बिकास बैंक र सामुुहिक लगानी कोष समुहले गुमाएकाछन भने बाँकी समुहको कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन अंकले बढेर १२ सय ४६ दसमलव ७३ अंकमा चढेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुृहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा तारागाउँ रेजिडेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।