• गृहपृष्ठ
  • शिक्षाको अधिकार सुनिश्चितको लागि मन्त्री लगायत सातै प्रदेशका प्रमुखहरुलाइ ध्यानाकर्षण पत्र

शिक्षाको अधिकार सुनिश्चितको लागि मन्त्री लगायत सातै प्रदेशका प्रमुखहरुलाइ ध्यानाकर्षण पत्र

Jul 23rd, 2020

रसना ढकाल
काठमाण्डौ ,श्रावण ८


शिक्षाको अधिकार सुनिश्चित गर्न सातै प्रदेशका सरकारहरुलाइ आर्थिक , समाजिक तथा सांस्कृतिक अधिकारको राष्ट्रिय सञ्जालले १३ बुदे अपिल सहित ध्यानाकर्षण पत्र बुझाएकोछ । शिक्षा मन्त्री लगायत सातै प्रदेशका समाजिका विकास मन्त्री र सात सय ५३ स्थानीय तहका प्रमुखहरुको ध्यानाकर्षण गरिएको हो ।

उक्त ध्यानाकर्षण पत्रमा सरकारले हाल बन्दाबन्दीको अवस्था हटाएता पनि शिक्षा क्षेत्रमा कुनै ठोस निर्णय लिन नसेको जसको जिकीर गर्दै अभिभावक र विद्यार्थीहरुको भविष्यलाइ अन्यौलमा राखेको जनाइएको छ । साथै सावन १ देखि देशभरका नीजी विद्यालयहरुले शिक्षकलाइ बेतलबी विदा दिएको र विद्युतिय सञ्चारद्धारा हुने पठनपाठन पनि बन्द गराइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रको पूर्णपाठ