च्याम्पियन लिभरपुलको शानदार जित

Jul 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन ८

यस सिजनको प्रिमियर लिगको विजेता लिभरपुलले चेल्सीलाई पराजित शानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा नाबी केईटा, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड ,जर्जिनियो विजनाल्डम , रोबर्टो फिर्मिन्हो र एलेक्स आक्सलेड चेम्बरलेनले एक एक गोल गरे । चेल्सीको ओलिभर जिराउड, टमी अब्राहम र क्रिस्टियन पुलिसिक एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता लिभरपुललेनै लिएको थियो । खेलको २३ औँ मिनेटमा लिभरपुलका नाबी केईटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसतै खेलको ४३ औं मिनेटमा जर्जिनियो विजनाल्डमले मोहमद सालाहको पासमा गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम समयमा चेल्सीका ओलिभर जिराउडले गोल गर्दै लिभरपुलको अग्रतालाई ३–१ मा झारेका थिए ।

दोस्रो हाफको ५५औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिन्होले गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए । फिर्मिन्होले सो गोल अर्नोल्डको पासमा गरेका हुन् । ६१ औं मिनेटमा टमी अब्राहमले चेल्सीको लागि दोस्रो गोल गरे । त्यसतै खेलको ७३ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै लिभरपुलको अग्रतालाई ४-३ मा झारेका थिए । तर खेलको ८४ औं मिनेटमा लिभरपुलका एलेक्स आक्सलेड चेम्बरलेनले गोल गर्दै लिभरपुललाई ५–३ को शानदार जित दिलाए ।

जितसंगै शीर्ष स्थानको लिभरपुलको ३७ खेलबाट ९६ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी सँग १८ अंकको अग्रता बनाएको छ । समान खेलबाट दोस्रो स्थानको सिटीको ७८ अंक छ। तेश्रो स्थानमा रहेको सिटीको समान खेलबाट ६३ अंक छ।

यसअघि नै उपाधि जितेपछि लिभरपुललाई बुधबार ट्रफी दिइएको थियो। लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जित्न सफल भएको हो।