• गृहपृष्ठ
  • नेप्से एकैदिन १७ दसमलव पाँच अंंकले घट्यो

नेप्से एकैदिन १७ दसमलव पाँच अंंकले घट्यो

Jul 22nd, 2020

काठमाडौ, साउन ७

आज बुुधबार नेप्से एकैदिन १७ दसमलव पाँच अंकले घटेर १४ सय ३२ दसमलव ४४ अंकमा झरेको छ । सेन्सिटिभ पनि तीन दसमलव नौ अंकले घटेर तीन सय तीन दसमलव १४ अंकमा झरेको छ ।

आज एक सय ८३ कम्पनीहरुको ३८ हजार नौ सय ३८ वटा कारोवारमा ३५ लाख ८६ हजार कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ५३ करोड २५ लाख ११ हजार सात सय १६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ५१ अंकले घटेर १२ सय ४३ दसमलव ७४ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक तीन दसमलव ८३ अंकले घटेर १८ सय ३४ दसमलव ६९ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओरन्टल होटल समुह परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ ।