• गृहपृष्ठ
  • भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन

Jul 21st, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, ६ साउन

सरकारले आगामी  भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भदौ १ देखि विद्यार्थी भर्ना लिन पाउने र स्थगित भएका परीक्षाहरु पनि विद्यालयहरुले सञ्चालन गर्न पाउने निर्णय भएको जानकारी दिए।

तर भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा अपनाउनुपर्नेछ। भर्ना लिएपनि पठनपाठन भने सुरु हुने छैन ।