झण्डै १५ अंकले घट्याे नेप्से

Jul 21st, 2020

काठमाडौ, साउन ६

आज मंगलबार नेप्से झण्डै १५ अंकले घटेको छ । कारोवार खुुलेको केही समय नेप्से बढेपनि अन्तिममा नेप्से १४ दसमलव ९९ अंंकले घटेर १४ सय ४९ दसमलव ९४ अंकमा झर्दा सेन्सिटिभ पनि दुुई दसमलव ५६ अंकले घटेर तीन सय सात दसमलव पाँच अंकमा झरेको छ । आज एक सय ८५ कम्पनीहरुको २६ हजार छ सय ४१ वटा कारोवारमा ४९ लाख ७६ हजार चार सय ८८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८७ करोड २२ लाख २० हजार चार सय ४७ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहले कमाएपनि आठ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ७५ अंकले घटेर १२ सय ६५ दसमलव २५ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन । टे«डिङ, होटल, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने आज बढेको छ ।

नेप्सेका आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।