नेप्से १४ अंकले घट्यो

Jul 20th, 2020

काठमाडौ, साउन ५

नेप्से आज सोमबार १४ दसमलव नौ अंकले घटेर १४ सय ६४ दसमलव ९४ अंंकमा पुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ८४ अंकले घटेर तीन सय नौ दसमलव ६० अंकमा झरेको छ । अज एक सय ८१ कम्पनीहरुको ३३ हजार चार सय ३३ वटा कारोवारमा ७० लाख १२ सय ५८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ८० करोड २२ लाख ३३ हजार सात सय १५ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव १४ अंकले बढेर १२ सय ८६ अंकमा पुुग्दा बिकास बैंक, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा युनाईटेड फाईनान्स आज पहिलो स्थानमा परेको छ भने गुमाउने कम्पनीको सुचीमा गुुराँस लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबी बैंक पहिलो स्थानमा परेको छ ।