• गृहपृष्ठ
  • सिजनको अन्तिम खेलमा च्याम्पियन रियल बराबरीमा रोकियो

सिजनको अन्तिम खेलमा च्याम्पियन रियल बराबरीमा रोकियो

Jul 20th, 2020

काठमाडौँ, ५ साउन

यस सिजनको स्पानिस ला लिगाको च्याम्पियन रियल मड्रिड सिजनको अन्तिम खेलमा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । गएराति लेगानेसको घरेलु मैदानमा भएको खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा रियलले लेगानेससँग २ –२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा रियलको लागि सर्गियो रामोस र मार्को असेन्सिओले एक एक गोल गरे भने लेगानेसको लागि ब्रायन गिल र रोजर एसलले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता रियलनै लिएको थियो । खेलको ९ औँ मिनेटमा रियलका सर्गियो रामोसले इस्कोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। लेगानेसको ब्रायन गिलले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५२औं मिनेटमा रियलका मार्को असेन्सिओले गोल गर्दै २ -१ को अग्रता दिलाए । त्यसपछि ७८औं मिनेटमा रोजर एसलले गोल गर्दै लेगानेसलाई हारबाट जोगाए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै च्याम्पियन रियलको ३८ खेलबाट ८७ अंक छ । रियलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । रियलले दोस्रो स्थानको बार्सिलोनाका सँग ५ अंकको अग्रता बनाएको छ । समान खेलबाट दोस्रो स्थानको बार्सिलोनाको ८२ अंक छ। तेश्रो स्थानमा रहेको लीस्टर सिटीको समान खेलबाट ७० अंक छ।