• गृहपृष्ठ
  • पैसा छ भने आयो अब लगानीको अवसर : ५ अर्ब ४८ करोडको आइपिओ आउँदै

पैसा छ भने आयो अब लगानीको अवसर : ५ अर्ब ४८ करोडको आइपिओ आउँदै

Jul 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन ५

साधारण सेयरमा लगानी गर्न चाहनेहरुका लागि विभिन्न कम्पनीहरुले ५ अर्ब ४८ करोड बराबरका प्राथमिक सेयर निष्काशन गर्न लागेका छन् । काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी हिल्स देखि डिसहोम सम्मले सर्वसाधारणाई सेयर निष्काशन गर्न लागेका छन् ।

धितोपत्र बोर्डमा अहिले १९ वटा कम्पनीले सेयर निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये ५ वटा जलविद्युत आयोजना र एक मर्चेन्ट बैंकको भने छिट्टै प्राथमिक सेयर निष्काशन हुने देखिएको छ ।

जलविद्युत आयोजना र सिबिआइएल क्यापीटल मर्चेन्ट बैंकको करिब १ अर्ब २८ करोड रुपैयाँ बराबरको १ करोड २८ लाख कित्ता सेयर स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।

डिसहोम , सानिमा जनरल इन्सुरेन्स र रुरु जलविद्युत आयोजनाले भने सेयर जारी गर्नका लागि हालैमात्रै आवेदन दिएका छन् ।

धितोपत्र बोर्डको योे वर्ष ४० देखि ५० अर्ब बराबरको सेयर निष्काशन हुने आकलन छ । केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्सले पनि १८ करोडको सेयर निष्काशन गर्न लागेको छ । जसको अहिले बोर्डले अध्ययन गरेर सुझाव पठाइसकेको छ । अहिले ११ वटा जलविद्युत आयोजना, ३ वटा बिमा कम्पनी, एक माइक्रोफाइनान्स एक मर्चेन्ट बैंक, चन्द्रागिरी हिल्स, डिसहोम र इमर्जिङ नेपाल कम्पनी गरि १९ वटा कम्पनी धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन् ।

पछिल्लो समय धेरैजसो जलविद्युत आयोजनाको सेयरको मूल्य दोस्रो बजारमा १ सय रुपैयाँ भन्दा पनि तल छ । तर पनि सेयर जारी गर्नेमा भने यिनै जलविद्युत आयोजनाहरु अग्रस्थानमा रहेका छन् । धितोपत्र बोर्डले अहिले ४ भन्दा बढि रेटिङ आएको जलविद्युत कम्पनीलाई सेयर जारी गर्न दिदैन । कम्पनीले के कति वर्षमा लगानी उठाउँछ, भनेर आइपिओ निष्काशनको सुचनामा प्रष्ट उल्लेख गरिएको हुन्छ । तर, लगानीकर्ताले कम्पनीको अध्ययन नगरि लगानी गर्ने भएकाले केहि जलविद्युत आयोजनामा सेयर लगानीकर्ताको लगानी डुबेको छ । जसमा सर्वसाधारण लगानी गर्न सचेत हुनुपर्छ ।