• गृहपृष्ठ
  • ला लिगा : बार्सिलोनाको अन्तिम खेलमा मेस्सीको दुई गोल

ला लिगा : बार्सिलोनाको अन्तिम खेलमा मेस्सीको दुई गोल

Jul 19th, 2020

काठमाडौँ, ४ साउन

स्पेनिस ला लिगामा सिजनको अन्तिम खेलमा  बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार अलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल,अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक एक गोल गरे ।

अन्सु फातीले खेलको २४ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । फातीले सो गोल कप्तान मेस्सीको पासमा गरेका हुन् । ३४ औं मिनेटमा कप्तान लियोनल मेस्सीले
रिकुइ पुइगको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसतै खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५८औं मिनेटमा नेल्सन सेमिडोले गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।
सेमिडोले सो गोल पुइगको पासमा गरेका हुन् । त्यसपछि ७५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले अल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

जितसंगै बार्सिलोनाले ३८ खेलबाट ८२ अंक जोड्दै ला लिगामा दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । च्याम्पियन रियल मड्रिडको ३७ खेलबाट ८६ अंक छ । रियल मड्रिडले अझै एक खेल खेल्न बाँकी रहेको छ ।