१२ बजे नै नेप्से बन्द

Jul 19th, 2020

काठमाडौ, साउन ४

कारोवार खुले देखि लगातार बढेको नेप्से १२ बजे नै बन्द भएको छ । तीन पटक सर्किट ब्रेक लागेपछि १२ बजेर आठ मिनेटमा नै नेप्से पुरै दिको लागि बन्द भएको हो ।

नेप्से आज ८४ दसमलव २६ अंकले बढेर १४ सय ७९ दसमलव तीन अंंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव ३९ अंकले बढेर तीन सय १२ दसमलव ४४ अंकमा पुुगेको छ । आज एक सय ११ कम्पनहिरुको छ सय ६३ वटा कारोवारमा एक लाख ८० हजार पाँच सय ९६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ करोड २५ लाख ६६ हजार दुुई सय ९३ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष बाहेक सबै समुहको कारोवार सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ८८ दसमलव ८७ अंकले बढेको छ भने बिकास बैंक समुहको ६३ दसमलव १३ अंकले बढेको छ । निर्जिवन बीमा बीमा, जीवन बीमा जलबिद्युुत, फाईनान्स, लघुुबित्त, अन्य लगायतका समुहको सुचक पनि उच्च अंकले बढेकाछन ।