• गृहपृष्ठ
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रहेको ‘इलाम हाम्रो चियाबारी राम्रो’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रहेको ‘इलाम हाम्रो चियाबारी राम्रो’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Jul 18th, 2020

इलाम, ३ साउन /रासस

पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इलामको सेरोफेरोलाई समेटेर पूर्वप्रधानमन्त्री खनालले रचना गर्नुभएको ‘इलाम हाम्रो चियाबारी राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

इलामका बिभिन्न पर्यटकीय र प्राकृतिक ठाउँको वर्णन गरिएको सो गीतमा चर्चित गायक यम बरालको स्वर रहेको छ । मिलन तिमल्सिनाको सङ्गीत रहेको उक्त गीतको एरेन्ज दिनेश राजवाहकले गर्नुभएको छ । द पेक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाइनामिक मल्टीमिडियाको व्यानरमा निर्माण गरिएको छ ।

गीतको निर्देशन राज केसीले गर्नुभएको छ । इलामको सन्दकपुर, माईपोखरी, कन्याम, अन्तु, इलाम चिया बगानजस्ता क्षेत्र समेटिएको गीतको भिडियोमा कृष्ण भट्टराई, प्रमोद रावल, अविषेक गुरुङ, कपिल बुढाथोकी, सन्तोष लोहार, मुकेश घतानी, पूर्णिमा थामी र आरोही श्रेष्ठले अभिनय गरेका छन् । नरेश ऐरको छायाङ्कनमा निर्माण गरिएको गीतको सम्पादन प्रकाश एसकेले गर्नुभएको छ ।