• गृहपृष्ठ
  • भेस्पा अप्रिलियाको नयाँ सुबिधायुक्त शोरुम अब टेकुमा

भेस्पा अप्रिलियाको नयाँ सुबिधायुक्त शोरुम अब टेकुमा

Jul 17th, 2020

काठमाडौ, साउन २

नेपालमा इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड़ ग्रुुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले टेकुमा सम्पूर्ण सुबिधायुक्त शोरुमको उद्घाटन गरेको छ ।

शोरुमको उद्घाटन दुगड़ ब्रदर्स एण्ड सन्स प्रालि का उपाध्यक्ष विवेक दुगड र निर्देशक उर्भी दुगडले गरेका हुुन । सोही कार्यक्रममा छ वटा स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । हालै दुगड़ ब्रदर्स एण्ड सन्स प्रालि ले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा न्यु नर्मल (कोभिड १९) योजना अन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५००० नगद छुट र सुन्य प्रतीसत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुुट म्याट, स्कटुुर कभर, अफिसियल किरिङ उपलब्द गराएको छ ।

ग्राहकको सुबिधालाई मध्येनजर गर्दै कम्पनीले अनलाईनबाट नै स्कूटर डेलिभरी गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी गराउने गरेको छ । अब सबै ग्राहक को सुबिधालाई मध्ये नजर गर्दै यो योजना सुरु गरिएको र यस टेकु शोरुम पाएक पर्ने सेन्टर लोकेशनमा भएको हुनाले ग्राहक सुबिदामा बृद्धि हुने भेस्पा अप्रिलिया को मार्केटिंग म्यानेजर करुणा पुडासैनीले बताएकीछन ।