• गृहपृष्ठ
  • आफ्नै घरेलु मैदानमा बार्सिलोना पराजित

आफ्नै घरेलु मैदानमा बार्सिलोना पराजित

Jul 17th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, २ साउन


स्पेनिस ला लिगाको दोस्रो स्थानको बार्सिलोना ओसासुनासँग पराजित भएको छ । बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनालाई पराजित गर्ने क्रममा ओसासुनाका जोस अरनाइजले र रोबर्टो टोरेसले एक एक गोल गरेका थिए। बार्सिलोना लागि कप्तान लियोनल मेस्सीले एक गोल फर्काए ।

जोस अरनाइजले खेलको १५ औ मिनेटमा गोल गर्दै ओसासुनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी टाइममा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए ।७७ मिनेटमा एनरिक ग्यालेगो रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा सीमित बनेको
थियो ।

हारपछि पनि बार्सिलोनाले ७९ अंक छ दोस्रो स्थानमा छ। च्याम्पियन रियल मड्रिड को ८६ अंक रहेको छ । ओसासुना ५१ अंक सँगै ११ औं स्थानमा रहेको छ ।