रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

Jul 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २ साउन

रियल मड्रिडले ला लिगाको उपाधि जितेको छ । बिहीबार राति लिग अन्तरगत भएको खेलमा भिल्लारियललाई २-१ ले पराजित गर्दै रियल मड्रिडले एक खेल बाँकी छँदा नै उपाधि जितेको हो।

रियल मड्रिडको जितमा दुवै गोल करिम बेन्जामाले गरेका थिए। भिल्लारियलका लागि भिसेन्टे आईबोराले एक गोल फर्काए ।

करिम बेन्जामाले खेलको २९ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । बेन्जामाले सो गोल लुका मोड्रिचको पासमा गरेका थिए । त्यसपछि ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि
भिल्लारियलका आईबोराले एक गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

जितसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग ७ अंकको अग्रता बनाउदै यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । रियल मड्रिडको ३७ खेलबाट ८६ अंक छ । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक छ र लिगको दोस्रो स्थान । तेश्रो स्थानमा रहेको एलेटिको म्याड्रिडको समान खेलबाट ६९ अंक छ। पराजित भिल्ला रियलको ५७ अंक छ र लिगको पाँचौं स्थानमा रहेको छ ।