नेप्से आज बढेर पुरै हरियो

Jul 16th, 2020

काठमाडौ, साउन १

नेप्से आज बढेर पुरै हरियो भएको छ । आज बिहिबार नेप्से ३२ दसमलव ४२ अंंकले बढेर १३ सय ९४ दसमलव ७७ अंकमा पुुगेको छ भने सेन्सिटिभ छ दसमलव ८१ अंकले बढेर दुुई सय ९५ दसमलव छ अंकमा पुगेको छ । नेप्सेमा आज एक सय ८० कम्पनीहरुको १६ हजार पाँच सय ४५ वटा कारोवारमा २९ लाख १४ हजार पाँच सय १८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब चार करोड १७ लाख ७० हजार आठ सय ६७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ४० दसमलव ९९ अंकले बढेर ११ सय ९३ दसमलव ९९ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक ६० दसमलव पाँच अंकले बढेर १७ सय ७१ दसमलव ४८ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीको सुचीमा ओरन्टल समुह पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।