• गृहपृष्ठ
  • शीर्ष स्थानको युभेन्ट्स ससुओलो सँग बराबरीमा रोकियो

शीर्ष स्थानको युभेन्ट्स ससुओलो सँग बराबरीमा रोकियो

Jul 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १ साउन

इटालियन सिरि ‘ए’ मा शीर्ष स्थानको युभेन्ट्स ससुओलोसँग बराबरीमा रोकिएको छ। बुधबार राति ससुओलोको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले ससुओलोसंग ३ – ३ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा युभेन्टसकोलागि ड्यानिलो ,गोन्जालो हिग्वाइन र एलेक्स सान्ड्रोले एक एक गोल गरेका हुन्। ससुओलोकोलागि फिलिप जुरिसिच, डोमेनि बर्नाडी र फ्रान्सेस्को कापुटोले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता युभेन्टसलेनै लिएको थियो । खेलको ५ औँ मिनेटमा युभेन्टसका ड्यानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट पछि गोन्जालो हिग्वाइनले गोल गर्दै अग्रता दोब्बर पारे ।

ससुओलोका फिलिप जुरिसिचले २९ औं मिनेटमा गोल गर्दै खेल २–१ मा झारे । ५१ औं मिनेटमा डोमेनि बर्नाडीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेट पछि फ्रान्सेस्को कापुटोले गोल गर्दै ससुओलोलाई ३-२ को अग्रता दिलाए ।

एलेक्स सान्ड्रोले ६४औं मिनेटमा हेडरमार्फत गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसंगै युभेन्ट्सले दोश्रो स्थानको एट्लान्टासंग ७ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३३ खेलबाट ७७ अंक छ । समान खेल खेलेको एट्लान्टाको ७० अंक सहित लिगको दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको लाजियोको म्याड्रिडको समान खेलबाट ६९ अंक छ। ससुओलो ४७ अंक सहित आठौं स्थानमा यथावत छ ।