१४ अंकले बढ्यो नेप्से

Jul 15th, 2020

काठमाडौ, असार ३१

नेप्से आज बुुधबार १४ दसमलव नौ अंकले बढेर १३ सय ६२ दसमलव ३४ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि चार दसमलव छ अंकले बढेर दुुई सय ८८ दसमलव २४ अंकमा चढेको छ । आज एक सय ८९ कम्पनीहरुको १५ हजार आठ सय ५८ वटा कारोवारमा ३२ लाख १२ हजार नौ सय २४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब १६ करोड चार लाख ९१ हजार एक सय २२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहको सुचक बढेर चार वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव ३८ अंकले बढेर ११ सय ५३ अंकमा पुुग्दा बिकास बैंक, टे«डिङ, निर्जिवन बीमा, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । उत्पादनमुुलक, जीवन बीमा, होटल र लघुुबित्त समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया लघुुबित्त संस्था परेको छ भने गुमाउने कम्पनीको सुचीमा मिथिला लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज एनआईसी एशिया बैंक परेको छ ।