नेप्सेमा सामान्य अंकले बृद्धि

Jul 14th, 2020

काठमाडौ, असार ३०

मंगलबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से आज पाँच दसमलव चार अंकले बढेर १३ सय ४७ दसमलव ४४ अंकमा पुुग्दा सेन्सिटिभ एक दसमलव ९५ अंकले बढेर दुुई सय ८४ दसमलव १८ अंकमा पुुगेको छ । एक सय ८६ कम्पनीहरुको १४ हजार चार सय ८९ वटा कारोवारमा २५ लाख ६८ हजार एक सय २४ कित्ता सेयर खरिद बिक्री हुंदा आज कारोवार रकम ९९ करोड ४५ लाख ४५ हजार एक सय नौ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव नौ अंकले बढेर ११ सय २८ दसमलव ६२ अंकमा पुग्दा होटल, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । आज बिकास बैंक समुहको सुचक एक दसमलव ६९ अंकले घटेर १७ सय चार दसमलव ५१ अंकमा पुुगेको छ भने फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ भने गुमाउने कम्पनीको सुचीमा समृद्धि फाईनान्स परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।