ला लिगा :रियल उपाधिबाट एक जित टाढा

Jul 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार ३०

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ग्रानाडालाई पराजित गर्दै उपाधिको नजिक पुगेको छ ।
सोमबार  राति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई २-१ गोलले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा फिरल्याण्ड मेन्डीले  र बेन्जेमाले एक एक गोल गरे । ग्रानाडाको डर्विन माचिसले एक गोल फर्काए ।

फिरल्याण्ड मेन्डीले  खेलको १० औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि बेन्जेमाले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५०औं मिनेटमा डर्विन माचिसले ग्रानाडा एक गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र रियल मड्रिडले जित निकालेका हो ।

जितसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ । रियल मड्रिडको ३६ खेलबाट ८३ अंक छ । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक छ र लिगको दोस्रो स्थान । तेश्रो स्थानमा रहेको एलेटिको म्याड्रिडको समान खेलबाट ६६ अंक छ।

अब लिगमा दुई चरणको खेल बाँकी छ। दुई मध्ये रियललाई उपाधिका लागि एक खेलमा जित निकाले रियल च्याम्पियन बन्नेछ। रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक छ ।