दुई अंकले बढ्यो नेप्से

Jul 13th, 2020

काठमाडौ, असार २९

नेप्से आज सोमबार दुुई दसमलव १२ अंकले बढेर १३ सय ४२ दसमलव ४० अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ८१ अंकले बढेर दुुई सय ८२ दसमलव २३ अंकमा पुुगेको छ । आज एक सय ८४ कम्पनीहरुको १५ हजार चार सय ९१ वटा कारोवारमा ३७ लाख ३३ हजार पाँच सय पाँच कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब आठ करोड ८७ लाख १६ हजार एक सय १८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा आठ वटाले कमाएकाछन भने चार वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैैक समुहको कारोवार सुचक एक दसमलव १९ अंकले बढेर ११ सय २४ दसमलव ५३ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक तीन दसमलव आठ अंकले बढेर १७ सय छ दसमलव २० अंकमा पुुगेको छ । आज जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन भने होटल, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज नेपाल सेवा लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओरेन्टल होटल समुह परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज प्रभुु बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।