• गृहपृष्ठ
  • च्याम्पियन लिभरपुल अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो

च्याम्पियन लिभरपुल अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो

Jul 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार २८

यस सिजनको प्रिमियर लिगको विजेता लिभरपुल बर्नलीसँग सिटीसँग बराबरीमा रोकिएको छ। शनिबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले बर्नलीसंग १ –१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा लिभरपुलको लागि एन्ड्रयु रोबर्टसनले एक गोल गरे भने बर्नलीको लागि जे रोड्रिगेजले एक गोल गरे ।

खेलमा पहिलो अग्रता लिभरपुलनै लिएको थियो । खेलको ३४ औँ मिनेटमा लिभरपुलका एन्ड्रयु रोबर्टसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६९औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि बराबरी गोल फर्काए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै शीर्ष स्थानको लिभरपुलको ३५ खेलबाट ९३ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी सँग २१ अंकको अग्रता बनाएको छ । समान खेलबाट दोस्रो स्थानको सिटीको ७२ अंक छ। तेश्रो स्थानमा रहेको लीस्टर सिटीको समान खेलबाट ६० अंक छ।