• गृहपृष्ठ
  • रोनाल्डोको दुई गोलमा हारबाट जोगियो युभेन्टस

रोनाल्डोको दुई गोलमा हारबाट जोगियो युभेन्टस

Jul 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार २८

इटालियन सिरि ‘ए’ मा शीर्ष स्थानको युभेन्ट्स एटलान्टासंग बराबरीमा रोकिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एटलान्टासंग २ – २ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा युभेन्टसकोलागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका हुन्। रोनाल्डोले दुवै गोल पेनाल्टीमा गरेका थिए । एटलान्टाकोलागि डुवन  जापाटा र रुस्लान मालिनोवस्कीले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता एटलान्टालेनै लिएको थियो । खेलको १६ औँ मिनेटमा एटलान्टाका डुवन जापाटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ५५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्टसका लागि बराबरी गोल फर्काए ।

खेलको ८० औं मिनेटमा एटलान्टाका रुस्लान मालिनोवस्कीले गोल गर्दै २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए र युभेन्ट्सलाई हारबाट जोगाए ।त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो । २८ लिग खेलमा रोनाल्डोको यो २८ औँ गोल हो ।

बराबरीसंगै युभेन्ट्सले दोश्रो स्थानको लाजियोसंग ८ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३२ खेलबाट ७६ अंक छ । समान खेल खेलेको लाजियोको ६८ अंक सहित लिगको दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको एलेटिको म्याड्रिडको समान खेलबाट ६७ अंक छ।