• गृहपृष्ठ
  • आर्टुरो भिडालको निर्णायक गोलमा बार्सिलोना विजयी

आर्टुरो भिडालको निर्णायक गोलमा बार्सिलोना विजयी

Jul 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार २८

स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना रियल भालाडोलिडलाई पराजित गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिडालले गरेको गोल नै निर्णायक बन्न पुग्यो । भिडालले खेलको १५ औं मिनेटमा लियोनल मेस्सीको पासमा सो गोल गरेका हुन् । सोही गोल बार्सिलोनालाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा कायम रहेको छ । बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोडेको छ । एक खेल कम खेलको रियलको ८० अंक छ र लिगको शीर्ष स्थानमा छ ।तेस्रो स्थानको एट्लेटिको ३६ खेलबाट ६६ अंक छ ।