• गृहपृष्ठ
  • सिसिएमसीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सिसिएमसीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

Jul 11th, 2020

काठमाडौ, असार २७

सिसिएमसीले स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको पत्र अनुसार यस केन्द्र र स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको योजना अनुरुप विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि जिटुजी प्रकृया मार्फत खरिद भई कोभिड १९ सेन्टल स्टोर एयरपोर्टमा मौज्दात रहेको परिशिष्ट “क“ अनुसारका नन कन्जुवेवल वास्थ्य सामग्रीहरु शुक्रबार सशस्त्र प्रहरी बल, नेपालको कोभिड १९ युुनिभाईड अस्पताललाई हस्तान्तरण गरिएको सिसिएमसीले जानकारी दिएको छ ।

आगामी दिनहरुमा स्विकृत वितरण योजना मुताविक अन्य अस्पतालहरुलाई पनि क्रमश वितरण गर्दै जाने योजना रहेको सिसिएमसीले जनाएको छ ।